News Portal Demo
images ×
  • Dashboard
  • My Favorite News
  • Change Password
  • Manage Profile
Logout
images ×
  • होमपेज
  • रिपब्लिक स्पेसल
  • राजनीति
  • अर्थ
  • विश्लेषण
  • विश्व
  • प्रशासन
  • स्थानीय तह
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • राजनीति
  • अर्थ
  • विश्लेषण
  • विश्व
  • प्रशासन
  • स्थानीय तह
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • अन्तर्वार्ता

चर्चामा

ताजा अपडेट

images

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

images

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

images

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

images

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

images

'न्यू इयर इभ सेलिब्रेसन २०८३' गर्दै जर्मन होम्स् होटल, साङ्गतिक कार्यक्रम देखि रुम लन्च गरिने

images

उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी

images

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने- यो चिया पसल होइन मन लागे आउने नत्र नआउने

images

ओली प्रकरणमा सर्वोच्चमा पेचिलो बहस, के आउँछ आजै फैसला?

images

अर्थमन्त्रीले भने : सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

images

सर्वदलीय बैठकमा एमालेले भन्यो– सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं

adv-2
adv-2

रोपाहार पाउन छाडेपछि ...

२०८२ आषाढ २४ बुधवार
505 Shares
चितवन।   पछिल्ला दिनहरुमा धान रोपाइँ गर्न मजदुरहरु पाउन कठिन भएपछि प्रविधिको प्रयोगलाई बढाइएको छ । छिटोछरितो काम गर्न कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाइएको हो । अहिले प्रविधिको प्रयोग बढेसँगै कामदारको सङ्ख्यामा कमी आएकोे छ । विगतका वर्षहरुको तुलनामा जनशक्ति कम प्रयोग हुन थालेको हो ।
 
धान रोप्ने समयमा जिल्लामा तराई मूलबाट आउने मजदुरहरु बढी हुने गरेको भए पनि अहिले भने त्यो सङ्ख्या घटेको हो । राप्ती नगरपालिका–५ मा रहेको जनजागृति हरियाली ताजा तरकारी एवं फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष तराईबाट आउने कामदारको सङ्ख्यामा कमी आएको छ । उहाँले भन्नुभयो, “कामदार नपाए पछि अहिले किसानहरुले प्रविधिको प्रयोग गरेर धान रोप्न थालेका छन् ।” उहाँ आफँैले पनि श्रमिक नपाए पछि प्रविधिको प्रयोग गरेर धान रोपेको सुनाउनुभयो । धान रोप्नका लागि जिल्लाका कामदारहरु नपाउने र तराईबाट आएका मजदुरहरुको भर पर्नुपर्ने अवस्थालाई धान रोप्ने मेसिन राईस ट्रान्सप्लान्टर प्रयोग गर्ने गरिएको छ । अहिले किसानलाई धानको बीउ राख्न बानि नपरेकाले समस्या भएको भए पनि यसलाई सिकाउँदै प्रविधिको प्रयोग बढाउन आफूहरु लागि परेको उहाँले बताउनुभयो ।
 
खैरहनी नगरपालिकाको कुमरोजमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेज बर्ताैला कामदार लगाउँदा मूल्य दिनुपर्ने ज्यालाभन्दा प्रविधिको प्रयोगले सस्तो पर्ने भएकाले किसानहरु प्रविधिको प्रयोगमा केन्द्रित हुन थालेको बताउनुहुन्छ । बर्तौलाका अनुसार अहिले अघिल्ला वर्षको तुलनामा स्थानीय र तराई मूलका कामदार कम सङ्ख्यामा पाइने गरेको छ । तराई क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै त्यहाँका मजदुरहरु कम आउन थालेको उहाँले अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “बैदेशिक रोजार र स्थानीय रुपमा नै पाइने रोजगारीका कारण अघिल्ला वर्षहरुको तुलनामा कम संख्यामा मजदुरहरु आएको पाएका छौँ ।” आफ्नो संस्थामा रहेको मेसीन बिग्रिएसँगै मजदुर नपाएपछि अन्य संस्थाबाट ल्याएर धान रोप्न बाध्य भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले मजदुरको कमी हुँदै जाँदा प्रविधिको प्रयोग बढ्दै गएको बताउनुभयो । अहिले जिल्लामा आठ वटा ‘राइस ट्रान्सप्लान्टर’बाट धान रोप्ने काम भइरहेको छ ।
 
अघिल्ला वर्षभन्दा कम सङ्ख्यामा मजदुरहरु आए पछि किसानले स्थानीय मजदुर र प्रविधिको प्रयोग गरेका हुन् । छोटो समयमा धेरै क्षेत्रफलमा धान रोप्न सकिने भएकाले पनि मजदुरको भन्दा प्रविधिको प्रयोग बढेको उहाँले बताउनुभयो । यसले कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ केन्द्रित गर्दै लैजाने उहाँले बताउनुभयो । जिल्लामा २७ हजार २०७ दशमलव २५ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुँदै आएको छ । जसमध्ये हालसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झकनाथ कँडेलले जानकारी दिनुभयो । मजदुरको अभावका कारण हुनुपर्ने क्षेत्रभन्दा कममा धान रोपाइँ भएको हो । उहाँले भन्नुभयो, “जिल्लाको धान रोपाइँका लागि तराई मूलका कामदारको भर पर्नुपर्ने बध्यता छ ।
यसलाई प्रविधिको प्रयोगले केहीसम्म सहज बनाएको छ ।” जिल्लामा सावा, गोरखनाथ, साबित्री, राधाचार, हर्दिनाथ र युएस ३१२ जातका धान बढी मात्रामा लगाइने गरेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?
इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै
'न्यू इयर इभ सेलिब्रेसन २०८३' गर्दै जर्मन होम्स् होटल, साङ्गतिक कार्यक्रम देखि रुम लन्च गरिने
उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी
संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने- यो चिया पसल होइन मन लागे आउने नत्र नआउने
adv-2

सम्बन्धित समाचार

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

सम्पर्क

  • प्रधान कार्यालय : काठमाडौं मनपा २९
  • टेलिफोन : +९७७-९८५१००९४४३
  • समाचारका लागि : khabarbaninews@gmail.com
  • कम्पनी दर्ता : १७१४४७/७४ - ७५
  • सूचना विभाग दर्ता नं : २२१०/७७-७८

हाम्रो टिम

  • अध्यक्ष : पवन प्रसाद फुयाल
  • सम्पादक : देवराज नापित

Quick Links

  • About us
  • Privacy Policy
  • Term & Conditions
  • Contact us
  • Site map

Social Media

Khabarbani

Copyright @2024 khabarbani | All rights reserved

होमपेज
ताजा अपडेट
संग्रह
Account