Logout

चर्चामा

सरकारबाट बाहिरिने नाउपाको निर्णय

460 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। 

उनका अनुसार पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने भएका छन्। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। मुख्यमन्त्री शाहले  मन्त्री चौधरीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकार छाडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो।  

यसअघि नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार