Logout

चर्चामा

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश 

489 Shares

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई हराउदै नेपाल फाइनल प्रवेश गरेको छ ।  विहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । 


पहिले बलिङ गरेको नेपालले ११.४ ओभरमै मलेसियाले दिएको ९१ रनको लक्ष्य पुरा पर्यो ।  नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको बनाउँदै जितसम्म पु¥याए भने शिवान्स बजगाईं २३ रनका अविजित रहे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाएका थिए ।  बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए । अव नेपालले फाइनलमा हङकङ र सिंगापुरसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार