Logout

चर्चामा

पाल्पामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

456 Shares

पाल्पा । जबरजस्ती करणी गरेको आरोपमा पाल्पाको सत्यवतीबाट एक जना पक्राउ परेका छन्। रैनादेवी छहरा गाउँपालिका–८, खुर्साने बस्ने ३२ वर्षीय शिवबहादुर घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार घिमिरेलाई १२ वर्षीय बालिकालाई ललाई फकाई आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेको पाइएको छ।

जिल्ला अदालत पाल्पाबाट म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार