Logout

चर्चामा

सुमना श्रेष्ठले दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा

473 Shares

काठमाडौँ  ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । रास्वपाबाट प्रतिनिधि सभा सदस्य रहेकी उनले पार्टीको सहमहामन्त्री पदबाट भने राजीनामा दिएकी हुन् । यद्दपि प्रतिनिधि सभा सदस्यको भूमिकामा भने रहने उनले बताएकी छिन् ।

श्रेष्ठले पदबाट १५ दिनअघि नै राजीनामा सभापति रवि लामिछानेलाई बुझाएको जानकारी दिएकी छिन् । केन्द्रीय समितिमा छलफलपछि मात्र उनको राजीनामा स्वीकृत हुने कि नहुने भन्ने टुंगो लाग्नेछ ।

सभापति लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फिर्ता आएका बेला उनले राजीनामा बुझाएकी थिइन् । पार्टी पुनर्संरचनाका लागि योगदान दिन सभापति लामिछानेले श्रेष्ठलाई आग्रह गरेका थिए । त्यसपछि उनले राजीनामा दिएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार