Logout

चर्चामा

बोलायो कांग्रेसले १७ वैशाखमा केन्द्रीय कार्यसमिति बैठक

440 Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी १७ वैशाखमा दिनको १ बजेका लागि नेपाली कांग्रेसले कार्यसमिति बैठक बोलाएको हो ।

पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णय लगायतका एजेन्डामा बैठकमा छलफल हुने बताइएको छ । नेकपा एमालेसँग सत्तागठबन्धन गरेको कांग्रेसभित्रै पछिल्लो समय सरकारको प्रभावकारिताको विषयमा गुनासो बढ्न थालेको छ ।

कांग्रेसका शीर्ष नेताहरूले नै प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरिरहेका छन् । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार