Logout

चर्चामा

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा आमाको ज्यान गयो, ३ वर्षीय छोरा घाइते

545 Shares

धनगढी । कैलालीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो ।

कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो । घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका थिए । उक्त घटनामा विमलाका ३ वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार