Logout

चर्चामा

ठोस निष्कर्षविना सकियो तीन दलको बैठक

460 Shares

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक ठोस निष्कर्षविना नै सकिएको छ । सभापति देउवा निवास बुढानीलकण्ठमा केहीबेर अघि शुरु भएको बैठकमा नयाँ सरका बनाउनका लागि कांग्रेसले प्रस्ताव गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘ नयाँ सरकार गठनमा छलफल गरौं भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव राख्नुभयो । जुन सरकार भए पनि चुनाव गराउने भएपनि केपी ओलीले सबै कब्जा गर्न खोजे । अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँ भनेर सभापति देउवाले प्रस्ताव गर्नुभयो ।’

सभापति देउवाको प्रस्तावका विषयमा जनता समाजवादी पार्टीका नेताहरुले भने अब पार्टीको बैठक बसेर आवश्यक निर्णय गर्ने बताएको प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने,‘जसपाका तर्फबाट बोल्ने नेताहरुले औपचारिक रुपमा कांग्रेसले केपी सरकारको विकल्पमा नयाँ सरकार बनाउने प्रस्ताव राखेपछि अब हामीले निर्णय गर्छौ भनेर भन्नुभएको छ । छिट्टै हाम्रो बैठक बसेर निर्णय गर्छौँ भनेर भन्नुभयो ।’

तीन दलीय बैठकमा जसपा नेताहरुले आफ्नो सरोकारको विषयमा समेत जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘जसपाका साथीहरुले उहाँहरुको चासो र सरोकार पनि अघि सार्नुभयो । आन्दोलनका क्रममा लगाइएका मुद्धा, रिहाई लगायतका विषयमा छलफल भयो ।’

अब फेरि अर्को छलफलपछि नयाँ सरकार गठनको बाटो खुल्ने प्रवक्ता श्रेष्ठले विश्वास लिएको बताए ।

तीनदलीय बैठकमा सभापति देउवासँगै उपसभापति विमलेन्द्र नीधि लगायतका नेताहरु सहभागी थिए ।

तीन बजेका लागि बैठक बोलाइएको भए पनि बैठक ढिलो गरी शुरु भएको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्षसँग प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै अन्य नेताहरु पनि सहभागी थिए ।

जनता समाजवादीका तर्फबाट डाक्टर बाबराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरु उपस्थित भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार