Logout

चर्चामा

भाटभटेनी लुटपाटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ

633 Shares

काठमाडौं। राजावादीले गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाटभटेनीमा लुटपाट गर्ने उनीहरूलाई सामानसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-६ ढल्केवर घर भई हाल काठमाडौँको कोटेश्वर-32 बस्ने आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ घर भई हाल कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो, भारत देश बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ घर भइ कोटेश्वर बस्ने सुशिला कुमाल रहेका छन् । यस्तै सुनसरीको धरान घर भई हाल काठमाडौ कोटेश्वर ३२ बस्‍ने एलिसा राई, कोटेश्वरको नरेफाँट बस्‍ने बालकुमारी कार्की, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-८ घर भघ हाल कोटेश्वर बस्‍ने निर्मला कार्की, सिन्धुली तीनपाटन घर भई हाल कोटेश्वर बस्‍ने चित्र माया बस्‍नेत र सिन्धुली तीनपाटनकै चित्र माया बस्‍नेतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भाटभटेनीबाट लुटेर लगेको सामान समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीवृत बानेश्वरमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार