Logout

चर्चामा

दुर्गा प्रसाईंले प्रहरीसँग माफी माग्दै भने- भागेको छैन

478 Shares

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए ।

सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । यसबारे उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’ त्यसयता फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका हुन् ।

‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन् । उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताएका छन् । ‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडियोमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार