Logout

चर्चामा

काठमाडौंमा गणतन्त्रवादी र राजावादीको प्रदर्शन, सवारी आवागमन निषेध

401 Shares

काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु गरेका छन् । समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्रवादीको प्रदर्शन भृकुटीमण्डप र राजावादीहरुले नवराज सुवेदी नेतृत्वको समितिमार्फत तीनकुनेमा प्रदर्शन सुरु गरेका छन् ।

प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो । समाजवादी मोर्चाको प्रदर्शन स्थल भृकुटीमण्डप आसपास क्षेत्रका सडकमा सवारी निषेध गरिएको छ । मोर्चाको रुट परेको कुपन्डोल–थापाथली-त्रिपुरेश्वर, सुन्धारा, शहीद गेट क्षेत्रमा अहिले सवारी पूर्णरुपमा बन्द छन् । मोर्चाले विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा प्रदर्शन गर्दै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार