Logout

चर्चामा

फास्ट ट्रयाकमा नागरिकता ऐन संशोधन विधेयक, आजै पारित गर्ने तयारी

450 Shares

काठमाडौँ । सरकारले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई फास्ट ट्रयाकमा अगाडि बढाएको छ । विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा नगरेर सदनबाटै पारित गर्ने तयारी छ ।

यससम्बन्धी कार्यसूची बुधबारका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

यो विधेयकमाथि प्राप्त संशोधनहरुलाई आजै सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि गृहमन्त्री लेखकले नागरिकता ऐन संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार