Logout

चर्चामा

पोखरामा सिचुआनले थाल्यो नियमित चार्टर उडान

424 Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ । पहिलो उडानको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो जहाजबाट १ सय २८ यात्रु पोखरा ओर्लिएका छन् ।

पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जानेछन् । पोखरामा यसअघि प्रवद्र्धनात्मक चार्टर उडान भए पनि नियमित उडान सुरु हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ । यसले पोखरा घुमफिरमा आउन चाहने चिनियाँ पर्यटकले अब काठमाडौं ओर्लनुपर्ने बाध्यता हट्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार