Logout

चर्चामा

अमेरिकामा भीषण आँधी, ३३ जनाको मृत्यु

506 Shares

अमेरिकामा भीषण आँधी आउँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ।

शुक्रबारदेखि अरिकाका दक्षिणी ६ राज्यमा अचानक आएको आँधीमा अहिलेसम्म ३३ जनाको मृत्यु भएको र त्यो आँकडा बढ्न सक्ने अमेरिकी मिडियाहरूले जनाएका छन्।

शनिबार आँधीले अझै भयानक रूप लिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।  

आँधीले मिसौरीमा १२, कन्सासमा ८, अर्कन्सासमा ३, मिसिसिपीमा ६, टेक्ससमा ३ र ओक्लाहोमामा १ जनाको मृत्यु भएको छ। 

आँधीले दक्षिण पूर्व राज्यहरुमा भारी नोक्सान पुर्‍याएको बताइएको छ।

आँधीले शनिबार दिउँसो  ६ राज्यका २ लाख ४० हजार भन्दा बढी घरहरूमा बिद्युत आपूर्ति नै बन्द भएका थिए। अहिले पनि १४ हजार घरपरिवार विद्युतविहीन अवस्थामा रहेको सिएनएनले जनाउको छ।

मध्य मिसिसिपी, पूर्वी लुसियाना, पश्चिमी टेनसिस लगायतका क्षेत्रमा मौसम खराब भएका छन्। यी  क्षेत्रहरूमा बाढीको चेतावनी पनि दिइएको छ।

त्यहाँका राष्ट्रिय मौसम सेवाले अचानक आउने बाढी खतरनाक हुन सक्ने चेतावनी जारी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार