Logout

चर्चामा

वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम

514 Shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण बिहीबार साँझ काठमाडौँमा हल्का वर्षा भयो भने बुधबार पनि हावाहुरीसहित सामान्य वर्षा भएको थियो । लामो समयदेखि वर्षा नहुँदा तुवाँलोले ढाकिएको काठमाडौँको मौसम शुक्रबारदेखि खुलेको छ । काठमाडौँमा तुवाँलो खासै देखिएको छैन भने वायु प्रदूषणको स्थितिमा पनि सुधार आएको छ । वायु प्रदूषणको स्तर मापन गर्ने वेबसाइट आईक्यू एयरका अनुसार शुक्रबार दिउँसो सवा २ बजे काठमाडौँ वायु प्रदूषण हुने सहरको सूचीमा ६८ औँ नम्बरमा छ । जसअनुसार वायुको गुणस्तर ५४ एक्युआई रहेको छ ।

जुन वायुको गुणस्तर मध्यम हो । ० देखि ५० एक्युआईसम्मको वायु गुणस्तर राम्राे हुनेमा अहिले काठमाडौँको ५४ एक्युआई रहेको हो । केही साताअघि काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा समेत रहेको थियो । अहिले विश्वकै सर्वाधिक प्रदूषित सहरको सूचीमा भने इजिप्टको कायरो रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार