Logout

चर्चामा

नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्ने शाहविरुद्ध ५ करोडको मुद्दा

446 Shares

काठमाडौं ।  झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजस्व छली गर्ने पर्साका प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले उनलाई ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

अभिनास इन्टरनेशनल प्रालिको सञ्चालक समेत रहेका उनले लामो समयदेखि मालवस्तु खरिद तथा आयात नगरी झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई बिल बिजक जारी गरी ती फर्महरुबाट लिएको रकमको मूल्य अभिवृद्धि करसमेत सरकारलाई नबुझेकोले उनी विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोप  छ ।

उनले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

साथै, उनीसँगै उक्त फर्मका बैङ्क खाता सञ्चालक जाबिर अन्सारीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार