Logout

चर्चामा

बसन्तपुरमा होलीको रौनक

398 Shares

काठमाडौंमा होली मनाउन सुरू भएको छ। बसन्तपुर क्षेत्रमा होली खेल्न युवाहरू जम्मा हुन थालेका छन्। काठमाडौंको बसन्तपुर, टुँडिखेल, दरबारमार्ग लगायतका क्षेत्रमा होली विशेष सांस्कृतिक कार्यक्रम राखिएको छ। आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ। सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।  यसपालिको होलीमा काठमाडौं उपत्यका ७५ ठाउँमा ट्राफिक चेकप्वाइन्ट खडा गरिएको छ। ट्राफिक नियमविपरीत सवारी चलाएको भेटिए त्यस्ता सवारी साधनहरू होल्ड गरिरहेको छ। होलीमा शान्ति सुरक्षा कायम राख्न काठमाडौंमा २७ सय भन्दा बढी प्रहरी खटिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार