Logout

चर्चामा

रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या

949 Shares

बुटवल । रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या गरिएकाे छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।  

घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको  छ।

घटना बारे थप अनुसन्धान भइरहेको कार्कीले बताए । उनका अनुसार घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले  खोजी भइरहेको बताएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार