Logout

चर्चामा

धर्मविरोधी प्रचार गरेको भन्ने आरोपबारे महजोडी भन्छन्,-‘हामीमाथि लगाइएका आरोप आधारहीन छन्,’

686 Shares

 युएसएडको सहयोग लिएर धर्मविरोधी प्रचार गरेको भनी लगाइएको आरोप आधारहीन रहेको महजोडीले बताएका छन्।

बिहीबार एक भिडियो सार्वजनिक गर्दै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले सामाजिक सञ्जालमा आएका यी सबै कुराहरू भ्रामक भएको बताएका हुन्।

साथै, उनीहरूले आफूलाई समाजलाई सचेतना फैल्याउने खालका कामहरू गरेको र ती कामहरूका भिडियोहरू पनि भएका कारण सत्यतथ्य जाँच गरी भ्रमको पछि नलाग्न अनुरोध गरेका हुन्।

‘संसारमा राम्रा नराम्रा दुवै खालका कुराहरू छन्। हामीले जहिले पनि राम्रा कुरालाई प्रमोट गरेका छौं। ०५२ सालमा सराध्य बनाएका थियौं । त्यहाँ पण्डितलाई व्यंग्य गरिएको छ। पण्डित भन्दैमा भगवान हुँदैनन्। म पनि पण्डितको छोरो हो। कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौं। युट्युवमा छर्लंग छ। त्यहाँ गएर हेर्नुभए हुन्छ,’ उनीहरूले भने,’ हितैषीहरूले हामीमाथि अविश्वास गर्दा चित्त दुखेको छ।’

आफ्ना प्रस्तुतिमा धार्मिक समानता र सहिष्णुताका कुरालाई प्रमोट गरेको जिकिरसमेत उनीहरूले गरेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार