Logout

चर्चामा

धर्मनिरपेक्षता घोषणा गर्न अमेरिकाले सय मिलियन डलर खर्च गरेको भन्दै लिङ्देनले गरे छानबिन माग

642 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष कायम गर्न अमेरिकाले एक सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न माग गरेका छन्।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्स र अमेरिकाका सभामुख माइक जोर्डले नेपालमा नास्तिकता फैलाउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए।

उनले निष्पक्ष अध्ययन गरी नास्तिकता फैल्याउनका लागि रकम लिनेहरुको नाम सार्वजनिक गर्न माग गरे।

उनले भने, ‘कुनै देशले आफ्नो एजेन्सीमार्फत नेपालमा १४ अर्ब रुपैयाँ धर्मान्तरणको लागि नास्तिकता प्रवर्द्धन गर्न खर्च गरिरहेको छ भन्ने कुरा त्यो देशको आधिकारिक व्यक्ति सभामुखबाटै आएको छ भनेपछि यो सरकारले छानविन गर्नुपर्ने कुरा हो की होइन?’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार