817
Shares
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन भएको छ।
गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ।
हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। पुडासैनी सरस्वती नगरमा रहेको डेरामा एक्लै बस्दै आएका थिए।
प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए।
उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्ण लगायतका सञ्चार माध्यमामा काम गरेका थिए।