Logout

चर्चामा

कोटेश्वरको होटलबाट पेस्तोलसहित पक्राउ परे युवक

699 Shares

काठमाडौंको  कोटेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। आइतबार कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोलसहित एक युवकलाई पक्राउ परेका हुन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का छन्। उनलाई होटलको कोठानम्बर ४०१ बाट पेस्तोल त्यसमा लाग्ने ९ राउन्ड गोली सहित पक्राउ गरिएको एसएसपी रेग्मीले जानकारी दिए। पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार