Logout

चर्चामा

नर्भिक इन्टरनेशनल अस्पतालले ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२४’ को उपाधि जित्यो

727 Shares

काठमाडौं । महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२४’ को उपाधि नर्भिक इन्टरनेशनल अस्पतालले जितेको छ । शनिबार  भएको फाईनल खेलमा  ओम समाज डेन्टल हस्पिटललाई पराजित गर्दै नर्भिक अस्पताल च्याम्पियन बनेको हो । 

नर्भिक इन्टरनेशनल अस्पतालले  एभरेष्ट अस्पताललाई र ओम समाज डेन्टल हस्पिटलले ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । उपाधि सहित नर्भिक इन्टरनेशनल अस्पतालले ३० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता ओम समाज डेन्टल हस्पिटलले २० हजार रुपैयाँमा चित्त बुझायो ।

‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका  २१ हस्पिटलले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।

फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम रहेको छ । हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा एनएमबी बैंक तथा मेडिकल पार्टनरमा  एभरेष्ट हस्पिटल रहेको छ । 

त्यसैगरि कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक, वात्सल्य आईभीएफ र मेटेनिटी पसलले सपोर्ट गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार