Logout

चर्चामा

कर्णाली प्लेअफमा, काठमान्डु बाहिरियो

535 Shares

काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ । अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेखफ पुगेको हो । यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले सुदूरपश्चिमलाई १२ रन भन्दा बढी अन्तरले पराजित गरेमा जनकपुर बोल्ट्सलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ । अन्य नतिजा आएपनि कर्णाली शीर्ष दुईमा पुग्ने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार