Logout

चर्चामा

रविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी, काठमाडौँ ल्याउने तयारी

886 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।

चितवनमा लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला अदालतबाट शुक्रबार प्रहरीले पक्राउ अनुमति लिएको छ ।

चितवनको सहारा चितवन सहकारीका पीडितहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका थिए । सहारा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।

अहिले कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार