काठमाडौं । आगामी वर्ष मलेसियामा हुने आइसीसी महिला यू–१९ टी–२० महिला विश्वकपमा छनोट भएको नेपाली टीमलाई क्यानले पुरस्कार रकम घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानले बिहीबार विश्वकपको एसिया छनोटको विजेता बनेको नेपाली महिला टीमलाई जनही २ लाख ५० हजार नगद पुरस्कार घोषणा गरेको हो।
यू–१९ महिला क्रिकेट टोली पहिलो पटक जनवरी २०२५ मा मलेशियमा आयोजना हुने आइसीसी महिला यू–१९ टी–२० विश्वकपमा छनोट भएर इतिहास रचेको थियो। महिला टोलीले सफलता प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै यस क्यानले यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुन सफल खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख पचास हजार र टीममा समावेश टीम अफिसियलहरुलाई जनही एक लाख पचास हजार नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो।
नेपाली यू–१९ राष्ट्रिय महिला क्रिकेट टोलीले जनवरी १८ देखि फ्रेबुअरी २, २०२५ सम्म मलेशियामा संचालन हुने प्रतियोगिताको समुह ुडीु अन्तर्गत अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। त्यसअघि एसीसीको कार्यक्रम अनुसार यहि डिसेम्बर १५ देखि १८, सम्म मलेशियामै आयोजना हुने यू–१९ एसिया कपको समुह चरणको खेलअन्तर्गत भारत र पाकिस्तानसँग खेल्ने कार्यक्रमसमेत छ।