1k
Shares
काठमाडौँ । नेकपा एमालेले नेपालले भारत र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । आज बसेको सचिवालय बैठकले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।
आजको बैठकमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । बैठकको निष्कर्षबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणलाई राष्ट्रिय हितमा अधिकतम उपयोग गर्नका लागि सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो ।
त्यस्तै बैठकले कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीमाथि लागेको आरोपबारे गम्भीर छानविन हुनुपर्ने माग गरेको छ ।