Logout

चर्चामा

कमलाको हारबारे बाेल्दै ओबामाले भने- ‘अमेरिकी जनताले राष्ट्रपतिलाई मात्र होइन, एक असल नेतालाई पनि मतदान गरे’

1k Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएपछि पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले डोनाल्ड ट्रम्प र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सलाई बधाई दिएका छन्।

ओबामाले नतिजाको प्रतिक्रिया दिँदै भने, ‘चुनावको क्रममा लाखौं अमेरिकीहरूले राष्ट्रपतिलाई मात्र नभई एक नेतालाई पनि मतदान गरे। अब नतिजाहरू आइसकेका छन् र हामी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिनेटर जेडी भान्सलाई जितको बधाई दिन्छौँ।’

उनले भने, ‘स्पष्ट रूपमा यो हामीले अपेक्षा गरेको नतिजा होइन। धेरै विषयमा ट्रम्पसँग हाम्रो गहिरो मतभेद छ। शान्तिपूर्वक सत्ता हस्तान्तरणका लागि तयार हुनु पनि लोकतन्त्र हो।’

डेमोक्रेटिक पार्टीका उम्मेदवार कमला ह्यारिसका लागि ओबामा दम्पतीले भने, ‘हामी कमला ह्यारिस र उनको पार्टनर टिम वाल्जप्रति गर्व गर्छौं। ती दुवै असाधारण सार्वजनिक सेवक हुन्, जसले उत्कृष्ट अभियान चलाए।’

पूर्व राष्ट्रपति ओबामाले पनि महामारी र त्यसपछिको मुद्रास्फीतिजस्ता समस्या विश्वका धेरै देशका लागि ठूलो समस्या भएको र अमेरिका पनि यसबाट अछुतो नभएको विश्वास व्यक्त गरे।

ओबामाले थपे, ‘अमेरिकाजस्तो ठूलो र विविधतायुक्त देशमा हामी सधैँ एउटा कुरामा सहमत हुन सक्दैनौँ। तर अगाडि बढ्नको हामीसँग सहमत नहुनेहरूप्रति पनि हामीले सद्भाव र नम्रता कायम राख्नुपर्छ।’

अझ न्यायपूर्ण, बढी समानता र स्वतन्त्र राष्ट्र निर्माण गर्न जारी राख्ने उनको प्रतिबद्धता छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार