Logout

चर्चामा

श्रीमतिको हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका जंगबहादुर पक्राउ

25.5k Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजले बजारमा हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका एक युवकलाई मंगलवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थायी घर भई जलजले बजारमा डेरा गरी बस्ने उर्मिला तामाङ (२९) लाई उनकै श्रीमान जंगबहादुर तामाङले हत्या गरी टाउको हातमा बोकेर हिडेका थिए ।

श्रीमानले श्रीमतिको खुकुरीले घाटीमा काटेर हत्या गरी टाउको हातमा लिएर मंगलबार साँझ करिब ६ बजे हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएको हो । आवश्यक अनुसन्धान गरी राखेको जिल्ला प्रहरी कार्यालय उदयपुर जनाएको छ । घटना पूर्ण बिरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार