Logout

चर्चामा

दुई न्यायाधीशको संसदीय सुनुवाइ ३ वैशाखमा हुने

429 Shares

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्धयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिको आइतबारको बैठकले उनीहरूविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गरेको हो। प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए। चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए।

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराए। बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार