Logout

चर्चामा

नेपालका चार सय ४९ जङ्गलमा डढेलो

628 Shares

काठमाण्डौ । नेपालका विभिन्न ठाउँको वन क्षेत्रमा फेरि डढेलो बढेको छ । गएको बुधवार पानी परेपछि धेरै ठाउँको डढेलो निभेको भए पनि फेरि डढेलोको सङ्ख्या बढेको हो । वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अहिले ५५ जिल्लाका चार सय ४९ वन क्षेत्रमा डढेलो लागिरहेको छ । अहिले सबैभन्दा धेरै सुर्खेतका ३८ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै दाङका ३१, प्युठानका २६ तथा चितवन र सल्यानका २४र२४ तथा बर्दिया र डोटीका २१-२१ ठाउँमा सक्रिय डढेलो रहेको छ ।

कैलाली, कञ्चनपुर, उदयपुरका, बाँके, कपिलवस्तु, मकवानपुरलगायतका जिल्लामा पनि अहिले सक्रिय डढेलो रहेको छ । वन विभागको वन डढेलो पहिचान तथा अनुगमन  प्रणालीको तथ्याङ्कअनुसार गएको पुसपछि मात्रै देशका सबै जिल्लामा गरी ३८ सय चार वटा ठाउँको जङ्गलमा डढेलो लागिसकेको छ ।

जङ्गलमा फैलिएको डढेलोका कारण गएको हप्ता काठमाण्डौ उपत्यकासहित देशभरको वायु प्रदूषण बढेर विद्यालय नै बन्द गर्नुपरेको थियो । अहिले वायु प्रदूषणको मात्रा केही घटे पनि जङ्गलमा डढेलो फैलने क्रम बढेकाले फेरि वायु प्रदूषणको जोखिम बढेको वातावारणविद्ले बताएका छन् ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार