Logout

चर्चामा

पञ्जाबले बैंगलुरूलाई दियो १७७ रनको लक्ष्य

458 Shares

काठमाडौँ। पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरूलाई १७७ रनको लक्ष्य दिएको छ।

बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

पञ्जाबका कप्तन शिखर धावनले सर्वाधिक ४५ रन बनाए। उनले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

जितेश शर्मा २७, प्रभसिमरन सिंह २५,साम करन २३, लियम लिविगस्टन १७ र जोनी बेयरस्टो ८ रनमा आउट भए।

शशांक सिंह २१ र हरप्रीत बरोडा २ रनमा अविजित रहे।

बैंगलुरूका ग्लेन मैक्सवेल र मोहम्मद सिराजले २/२ विकेट लिए। अल्जारी जोसेफ र यश दयालको नाममा १/१ विकेट रह्यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार