Logout

चर्चामा

आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

401 Shares

काठमाडौँ । नेपालले पहिलो टी-२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूणर् योगदान गरे । सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार