Logout

चर्चामा

गठबन्धनमा सहभागी हुन ओली र प्रचण्डको औपचारिक प्रस्ताव, माधव नेपाल सकारात्मक

499 Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीलाई एमालेसहितको गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवासमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका हुन् । 

उक्त प्रस्तावलाई नेपालले सकारात्मक रुपमा लिएको र भोलि (बुधबार) बस्ने एकीकृत समाजवादीको बैठकमा छलफल गरेर उपयुक्त निर्णय लिने नेपालले ओली र प्रचण्डलाई बताएका छन् । 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सकारात्मक जवाफ आएको बताए । ‘माधवजीको स्वास्थ्य बुझ्न र स्वास्थ्य लाभको कामना गर्न आएका थियौँ । यही क्रममा देशको परिस्थितिको बारे चर्चा चल्नु स्वाभाविक नै हो’, नेपाल गठबन्धनमा सहभागी हुनेबारेमा ओलीले भने, ‘एफर्मेटिभ (सकारात्मक) ।’

यस्तै भेटमा सहभागी एमाले महासचिव शंकर पोखरेलले आफूहरूले गठबन्धनमा सहभागी हुन अनुरोध गर्दा नेपालले भोलि पार्टीको बैठक बसेर निर्णय लिने जवाफ दिएको बताए । उनले नयाँ प्रक्रियामा सहमत सबै पक्षलाई समेट्न आफूहरूले पहलकदमी लिएको र नेपाललाई पनि अनुरोध गरेको बताए । नेपाल निवासमा ओली, प्रचण्ड र नेपालसहितका नेताहरूबिच करिब २ घण्टा छलफल चलेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार