Logout

चर्चामा

सन्दीपको उच्च अदालतमा पहिलो तारिख चैत १२ गते

505 Shares

बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् ।

कानुनन व्यवसायी सरोजकृष्ण घिमिरे र आफ्ना दाजुसहित पाटन पुगेका उनले कार्यालय समय सकिनु अघि निवेदन दर्ता गरेका हुन् ।

२ दिन अघि मात्रै सल्यक्रिया गरेका उनी असहज गरी हिँडेका थिए । निवेदन दर्ता गरेपछि कानुन व्यवसायी घिमिरले जिल्ला अदालतको फैसला चित्त नबुझेर उच्च अदालतमा पुनरावलोकनका लागि आएको बताए । उनले जिल्ला अदालतले त्रुटी गरेको बताउँदै पाटनबाट न्याय पाउने आशा व्यक्त गरे । पाटनले पहिलो तारिख चैत १२ गतेलाई दिएको छ ।

यसअघि, जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लमछिानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको थियो ।

जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेकाले अब फैसला नआउञ्जेल उनी जेल जानु पर्ने छैन । 

सन्दीपले जेल बाहिरै बसेर मुद्दा लड्ने अनुमति पनि मागेका थिए । पाटनका रजिष्ट्रारले सन्दीपलाई जेल बाहिर बसेर मुद्दा लड्न अनुमति दिएका छन् । 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार