Logout

चर्चामा

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटिको प्रथम अधिवेशन पौष ७ गते

1.6k Shares

काठमाडौँ । आजका साझेदार ,भोलिका कर्णधार,उद्यमशिलताको बिकास, समृद्धिको आधार भने नाराका साथ यहि पौष ७ गते राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटिले प्रथम अधिवेशन भक्तपुरमा गर्ने भएको छ  । 

काठमाडौँ उपत्यकाका तिन जिल्ला बाहेक  ७४ ओटा जिल्लाहरुबाट काठमाडौं आएर बिभिन्न, पेशा व्यवसाय र शैक्षिक क्षेत्रमा आबद्ध युवाहरुलाई लक्षित गरि यो अधिवेशन हुन गइरहेको राष्ट्रिय युवा संघ नेपाल विशेष प्रदेश कमिटी प्रवक्ता  तथा साइवर सर्कल प्रमुख अमित मगरले खबरवाणी डट कमलाई जानकारी दिनु भयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटिका नेता र राष्ट्रिय युवा संघ नेपालका पदाधिकारीहरु लगायतको उपस्थिति रहने समेत मगरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार