Logout

चर्चामा

एनसेल शेयर खरिद-बिक्री प्रकरण रहस्यमय छ, यसमा संसद् गम्भीर छ : सभामुख

405 Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिद-बिक्री प्रकरण रहस्यमय बनेको उल्लेख गर्दै यसमा छानबिन हुनुपर्ने बताएका छन् ।बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले संसद्ले एनसेल खरिद-बिक्री प्रकरणलाई जिम्मेवारीकासाथ चासो लिएर अघि बढाइरहेको जानकारी दिए ।

‘एनसेलको शेयर खरिद-बिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ । जसरी अरुको चासो गइरहेको छ, संसद्मा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ । संसद् अहिले स्थगित छ तर संसदीय समितिहरु क्रियाशील रुपमा अघि बढिरहेका छन्' उनले भने ।

यो विषयमा दुई वटा संसदीय समितिले तत्कालै छलफल चलाएको जानकारी दिए । सरकारसँग स्पष्टीकरण माग गर्ने लगायतका कामहरु संसदीय समितिबाट भइरहेका छन् । सीमहरु नष्ट गर्ने भन्नेकुराहरु सुनियो, यस्तो गर्दा देशको सम्पत्ति पनि क्षति हुनपुग्छ । यी कुरामा विचार गरेर यसको छानबिन गरेर निष्कर्ष जानुपर्छ । भौतिक क्षति नहुने गरी कार्यक्रम अघि बढाउन जरुरी हुन्छ’ उनले भने ।

सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउन सुझाव दिए ।अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्य तथ्य छानबिन गर्न ज्ञापन पत्रमा मा गरेको छ । खर्बौंको सम्पत्ति रहेको, नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौंको ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्वजानकारी नगराई बिक्री गर्नुले पुँजीगत लाभ कर लगायत कर छली गर्ने उद्देश्य राखेको देखिएको अनेरास्ववियुको ठहर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार