Logout

चर्चामा

अब कालीमाटी तरकारी बजारमा किसानको आफ्नै स्टल

650 Shares

काठमाडौँ  । कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी नौलो होइन । बिचौलियाकै कारण किसानले मूल्य नपाउने र उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ । 

उपभोक्ता र किसानबीचको यही दूरी÷तह घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ । स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । 

जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताए । ‘

१२ होल्डिङ यार्ड राखेका छौं, जहाँ किसानले आफ्नो उत्पादन राख्न सक्छन्,’ उनले भने, ‘यसले सिधै उपभोक्तालाई फाइदा हुन्छ, मूल्य नियन्त्रणमा सहयोग गर्छ ।’ 

सिधै व्यापारीले खरिद गर्ने हुँदा किसानको बारीदेखि तरकारी बजारसम्म आइपुग्दा हुने तह पनि घट्छ । ‘तह घट्दा मूल्य पनि घट्छ,’ उनले भने, ‘सरकारलाई बजार मूल्य विश्लेषणमा पनि केही कृष्णगोपाल श्रेष्ठ सजिलो हुन्छ ।’

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार