Logout

चर्चामा

कोशीमा मन्त्रीपरिषद् बिस्तारका लागि कांग्रेस–एमालेबीच छलफल

399 Shares

काठमाडौँ । कोशी प्रदेशको मन्त्रीपरिषद् बिस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ ।

सोमवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच मन्त्रीपरिषद् बिस्तारबारे छलफल भएको हो ।

माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रीपरिषद् बिस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए ।

उनले सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा बस्न नसक्ने अडान पनि आफूले बैठकमा राखेको बताए ।

प्रमुख सचेतक भण्डारीले भने ‘माओवादी, जसपा, एकीकृत समाजवादी तीन वटालाई सामेल गर्ने अनि हामी पनि त्यही बस्ने कुरा चाही हामीले हुँदैन भनेका छौँ । अब त्यस मध्ये कुनै एउटा थप्नै पर्ने परिस्थिति भयो । सहमति भयो हाम्रो काँग्रेस र एमालेको बीचमा भने । कुनै एउटा थपिन पनि सक्ला ।’

यता, कांग्रेसले पनि गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार बिस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी काँग्रेस सांसद शमशेर राईले जानकारी दिए ।

उनले भने ‘कोशी प्रदेशको सवालमा गठबन्धन भित्रको थप एउटा थप्ने भनेपछि सकियो नि । सजिलो त्यही होला ।’

एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार