Logout

चर्चामा

इजरायलमा हराएका जोशीको खोजी हुँदै छ: परराष्ट्र

398 Shares

परराष्ट्र मन्त्रालयले इजरायलमा सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको खोजी भइरहेको जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनममा प्रवक्ता लम्सालले सम्पर्कविहीन जोशीको खोजी भइरहेको जानकारी दिएकी हुन्।

त्यस्तै, प्रवक्ता लम्सालले इजरायलमा मृत्यु भएका नेपालीको शव सुरक्षित रुपमा राखिएको र जतिसक्दो चाँडो नेपाल ल्याउन पहल भइरहेको जानकारी पनि दिइन्।

घाइते भएका दुई जना नेपाली उपचारपछि घर फर्किएको जानकारी पनि उनले दिइन्।

बाँकी दुईजनाको अहिले पनि उपचार भइरहेको उनले जानकारी दिइन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार