Logout

चर्चामा

नाम्चेबाट विदेशीले गरे फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को प्रचार

1.6k Shares

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को प्रचार प्रसार  गर्न सोलुखुम्बुको नाम्चे पुगेको छ । अमृत सापकोटाले बिदेशी पाहुना सहित उक्त फिल्मको प्रचार गर्न नाम्चे हुदै सगरमाथा सम्मको यात्रा रहले उनले बताए । यो प्रचार अरु फिल्मको भन्दा अलि फरक र विश्वभरी नेपाली फिल्म प्रचार गर्न र बजार बढाउन सो कार्यले मद्धत पुग्ने यस फिल्मका वितरक करण श्रेष्ठले जानकारी दिनु भयो ।

दीपेन्द्र के खनाल निर्देशनमा खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’मा अभिनेता विपिन कार्की ‘भष्मे डन’को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई ‘दुर्गामाता’को अवतारमा चित्रण गरिएको छ ।  सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरुलाई पनि स्थान दिएको छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी बडा दशैंको फूलपातीबाट फिल्म प्रदर्शनमा आउने छ ।

निर्माण टिमका अनुसार पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण गरिएको हो ।
फिल्म नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार