1.1k
Shares
काठमाडौँ । अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुभएको छ ।
काउन्सीलको स्थापना दिवसको अवसरमा आज राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट भण्डारीले पुरस्कार पाउनुभएको हो ।
झण्डै २३ बर्षदेखि पत्रकारितामा क्रियाशिल भण्डारी अहिले नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक पनि हुन् । यसअघि राष्ट्रिय समाचार समिति (रासस) नेपावाणी नेटवर्क, नेपाल एफएम नेटवर्क, रेडियो आँधिखोला, बुटवल एफएम, देउराली दैनिक, जनचेतना साप्ताहिक, गाउँले देउराली साप्ताहिक लगायतमा काम गर्नु भएको थियो ।
उक्त समारोहमा आज विभिन्न शिर्षकमा दर्जन बढि पत्रकारलाई पुरस्कार वितरण गरिएको छ ।