ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नेपालको बिकासमा गैह्र आवासिय नेपालीहरुको योगदान महत्वपुर्ण हुने बताउनु भएको छ ।
जापानमा आयोजित एक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख महर्जनले आफ्नो क्षमता र दक्षताका कारण जापानमा बसेर लामो अनुभव सम्हालेका नेपाली दाजुभाईहरुले नेपालको पर्यटन, होटल, जलबिद्युत लगाएत अन्य बिभिन्न उत्पादन मुलक क्षेत्रमा लगानी गरि नेपालको आर्थिक बिकासमा योगदान गर्न सक्ने बताउनु भएको छ ।
अहिले नेपालमा लगानीको लागि उपयुक्त समय रहेको बताउदै नगर प्रमुख महर्जनले जापान स्थित गैह्र आवासिय नेपालीहरुले नेपालमा लगानी गरेर बिश्वका अन्य मुलुकमा रहेका नेपालीहरुलाई समेत आफु जन्मेको देशमा लगानी गर्न सन्देश प्रवाह गर्नु पर्ने बताउनु भयो । आज जापानमा बि।पि चिन्तन प्रतिष्ठान जापान र गणेशमान सिंह फाउन्डेसन जापानले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख महर्जनलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।
जापान भ्रमणमा रहनु भएका गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई गैह्र आवासिय नेपालीहरुले भव्य स्वागत गरेका छन । कार्यक्रममा आगामी अक्टोबरमा काठमाण्डौमा सम्पन्न हुने गैह्र आबासिय नेपालीहरुको सम्मेलमा अध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेका महेश श्रेष्ठले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई जापानमा स्वागत गर्न पाउदा आफुलाई खुसी लागेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष बलराम श्रेष्ठले गैह्र आवासिय नेपालीहरु नेपालको आर्थिक बिकासमा योगदान गर्न तयार रहेको बताएका थिए ।

