378
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यालय भवन भदौ ६ गतेसम्म नभत्काउन अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनले धुम्बाराहीस्थित पार्टीको कार्यालय ६ गतेसम्म नभत्काउन आदेश दिएको हो।
कार्यालय विद्युत प्रसारण लाइनको मुनि रहेकाले तीन दिनभित्र हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाले गत साउन १२ गते माइकिङ गर्दै निर्देशन दिएको थियो।
राप्रपा कार्यालय भत्काउन महानगरले साउन १५ मा डोजर सहित टोली खटाएको थियो। तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंको पहलमा भएको छलफलमा सार्ने सहमति भएको हो। जस अनुसार राप्रपाले कार्यालय खाली गर्न २१ दिनको समय पाएको थियो।
उच्च अदालतले जग्गाधनीको सहमति र अनुमतिबीना भवन भत्काउन नहुने भन्दै भदौ ६ गतेसम्म नभत्काउन आदेश दिएको हो।