Logout

चर्चामा

'पाकिस्तानमा संसद भंगकाे घाेषणा'

580 Shares

इस्लामवाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा राष्ट्रिय सभा भंग गर्नुभएकाे छ ।

राष्ट्रपतिले अल्वीले संविधानको धारा ५८–१ बमोजिम यस्तो निर्णय लिएकाे बताइएकाे छ । 

राष्ट्रिय सभा विघटनसँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शहबाज सरिफ पदमा रहने छन् ।

संसद् विघटनपछि तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजले नाम छनोट गर्न आज प्रधानमन्त्री शाहबाज सरिफसँग भेट गर्ने बताइएको छ । 

उनीहरूले नाममा सहमति जुटाउने प्रयास गर्ने बताएका छन् ।

पाकिस्तानी संसदको कार्यकाल अगस्ट १२ मा सकिँदै थियो तर तीन दिनअघि नै संसद भंग गर्ने निर्णय गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार