काठमाडौं । गेट्वे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्टकाे आयोजना एबं काठमाडौँ जिल्ला भलीबल संघकाे सहकार्य मा बुढानिलकण्ठ नगरपालिका एबं कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायीक तथा संस्थागत विद्यालयहरूलाई भलीबल वितरण गरिएको छ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, विस्तारको लागि गेट्वे कलेज सधैँ तयार रहेको तथा सरकारि र सामुदायीक विद्यालय मा समानता हुनुपर्ने जानकारी गराउँदै तथा स्नातक तह अन्तर्गत व्यवस्थापन संकाय तर्फ होटल व्यवस्थापन,(BHM) मा भर्ना तथा विभिन्न शीर्षकमा छात्रबृत्ति सहीत प्री भर्ना खुला गरिएको पनि जानकारी कलेज का संस्थापक अध्यक्ष सुरेश केसीले गराउनु भयो।
समायन्नुकुल पढाइ र खेलकुद सँगसँगै लैजानु पर्ने आजको आवश्यकता लाइ जोड दिँदै कलेजमा भर्ना अवधी भएपनि खेलकूदकाे लागि नकार्न नसकिने कलेज की संस्थापक प्राचार्य डाली खनालले जानकारी दिनभयो। अध्ययन अध्यापन का अलवा विद्यार्थीहरु को चौतर्फी विकासका निम्ति खेल अपरिहार्य रहेको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले जानकारी गराउनु भयो।
संघ का सचिब बिबेक घिमीरेले संचालन गर्दैै अगामी दिनमा उपत्यकाका काठमाडौँ महानगर पालिका, तारकेश्वरनगपालिका,टोखा नगरपालिका,नागार्जुन नगरपालिका लगायत उपत्यकाका संपूर्ण पलिका एबं भलीबल क्लब हरूलाई पनि क्रमश भलीबल वितरण गर्दै जाने जानकारि दिनु भएकाे उक्त कार्यक्रममा संघ का वरिष्ठ उपाध्यक्ष रामप्रसाद सुवेदी, महासचिव प्रदीप श्रेष्ठ, कोषाध्यक्ष जयन्ती जोशी, एबं सदस्य कृष्ण माया कार्की सहितको उपस्थित रहेको र उपस्थिति सम्पूर्ण प्रिन्सिपल, विद्यार्थी,शिक्षक,खेलाडी, पत्रकारहरूलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि खेलकूद सामग्री बिना खेल बिकास नहुने जिकिर गर्दै जिल्ला भलीबल संघ काठमाडौँ ले यस्ता कार्यक्रम हरु तिब्र रुपमा लैजाने र आगामी दिनमा फरक ढंगले गतिबिधि संचालन गर्ने जिल्ला भलीबल संघ काठमाडौँका संस्थापक अध्यक्ष सुदर्शन जमकटेलले बताउनु भयो।

