1k
Shares
काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अर्थमन्त्री डा.अब्दुल हफिज सेखलाई पदबाट हटाउँदै हम्माद अजहरलाई नियुक्त गरेका छन्। इमरान २०१८ मा सत्तामा आएपछि अर्थ मन्त्रालय सम्हाल्न उनले तीनजना मन्त्री परिवर्तन गरिसकेका छन्।
पाकिस्तान चरम आर्थिक संकटमा छ। इमरान सरकार बनेपछि त्यहाँको जीडीपी ५.६ प्रतिशतबाट झरेर (०.४ ) मा पुगेको छ। इमरान पाकिस्तानको अर्थतन्त्र सुधार्न सक्ने अर्थमन्त्रीको खोजमा रहेको विश्लेषकहरू बताएका छन्। एजेन्सी