Logout

चर्चामा

भद्रकुमारी घले सेवा सदन नभत्काउनु : उच्च अदालत

460 Shares

काठमाडौं । काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सदन नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले बुधबार नै केही संरचना भत्काइसकेको छ ।

महानगरपालिकाले सूचना जारी गरेलगत्तै अदालतमा महानगरको निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट परेको थियो ।

अदालतका न्यायाधिस श्यामजी प्रधानको इजलासले तत्काल संरचना नभत्काउन अल्पकालिन आदेश दिएको हो । अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार