Logout

चर्चामा

"कि हामीलाई मारीदे ,कि बस्ति सारीदे" भन्दै सिस्डोल र बन्चरेडाँडाका स्थानीयले रोके फोहोर

622 Shares

काठमाडौं । "कि हामीलाई मारीदे ,कि बस्ति सारीदे" भन्दै आजबाट सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध लगाइएको छ ।

ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई बाटोमै रोकेका छन् ।

सिस्डोल र बन्चरेडाँडाको बीचमा पर्ने आलेटारमा जनप्रतिनिधि र स्थानीयले फोहोरको गाडी रोकेका हुन् । यो ठाउँ धादिङ र नुवाकोट सीमाना पनि हो ।

डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको ककनी गाउँपालिका-३ का वडाअध्यक्ष घननाथ बजगाईँले बताए ।

धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको बताए ।

नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने जनप्रतिनिधिहरू बताउँछन् ।

361651319_166183373139740_1213382523974493775_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार