Logout

चर्चामा

योजनाहरु कटौती गरेकाे भन्‍दै लुम्बिनी प्रदेशसभामा एमालेको विरोध, बैठक आधा घण्टा स्थगित

631 Shares

दाङ। प्रदेशका क्रमागत योजनाहरु कटौती गरेको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा प्रदेशका क्रमागत योजनाहरु कटौती गरिएको र निर्देशनालयहरु खारेज गर्ने कुराको विरोध जनाएपछि संसद आधा घण्टाका लागि स्थगित भएको हो।

प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारसँग आवश्यक छलफल र परामर्शका लागि बैठक स्थगित भएको जानकारी दिए।

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले बजेट व्यतव्य मार्फत प्रदेशका निर्देशनालय खारेज गर्ने कुराको संशोधन गर्नुपर्ने र कटौती गरिएका विगतका क्रमागत योजनाहरु बजेटमा समावेश गर्नुपर्ने भन्दै अडान लिएका थिए।

‘विगतका क्रमागत योनजाहरु कटौती नगर्ने र सम्पूर्ण निर्वाचन क्षेत्रहरुमा कम्तीमा दुई दुई वटा क्रमागतका याेजनाहरु थप गर्ने कुरा सरकारसँग सहमती गरेका थियाे’ उनले भने, ‘तर बजेटमा त्यो कुरा आएन । सरकारले नीति गत सहमती गरेर नीतिगत बेइमानी गर्ने काम गरेको छ ।’ उनले सरकारले आफूहरुले भनेका कुराहरुको लिखित प्रतिवद्धता नगरेसम्म सदन चल्न नदिने चेतावनी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार